Godawari Municipality - 11 , Chapagaun,Lalitpur Phone : 9864592337 / 5574599

Welcome to Valley Krishi Campus

Email

valleykrishicampus@gmail.com

Visit Us

Godawari Municipality - 11 , Chapagaun,Lalitpur

10:00 AM - 04:00 PM

Sunday to Friday

Godawari Municipality - 11 , Chapagaun,Lalitpur Phone : 9864592337 / 5574599

Welcome to Valley Krishi Campus

Email

valleykrishicampus@gmail.com

Visit Us

Godawari Municipality - 11 , Chapagaun,Lalitpur

10:00 AM - 04:00 PM

Sunday to Friday

#धान_रोपाई 

Scientific Name : Oryza sativa

Family : Poaceae

हाल पूरै विश्व नै कोभिड- १९ महामारी संग जुधिरहेको छ। कोभिड- १९ ले नेपाललाई पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ। कोभिड- १९ का कारण ले विश्व अर्थतन्त्र नै डामाडोल अवस्थामा पुगेको छ। यो महामारी बाट भएको क्षति लाई उकास्नको लागि कयौं वर्ष लाग्ने प्रक्षपण गरिएको छ। कोभिड- १९ ले नेपालको विभिन्न क्षेत्रमा असर पुर्याईरहेको बेलामा कृषि क्षेत्रमा भने यसले नयाँ अवसर सिर्जना गरेको छ। हरेक बर्ष लाखौं नेपाली रोजगारी को लागि विदेश जाने तथ्यांक हामी लाई थाहा नै छ तर यस वर्ष भने कोभिड- १९ का कारण ले विदेश मा रोजगारी गुमाएका हरु नेपालमा आउन बाध्य भएका छन् । लाखौं मानिस हरु फर्केको कारण ले गर्दा कृषि क्षेत्रमा भने अवश्य अवसरहरु आएका छन् । रोजगारी गुमेपछि मानिस हरु बाच्नै कै लागि भए पनि कृषिमा आवद्ध हुन थालेका छन् । खानकै लागि बाझो खेत जोत्न थालेका छन्  जुन नेपाल को कृषि को लागि सकारात्मक पक्ष हो। यसलाई निरन्तरता दिदै युवाहरूलाई देश मा नै कृषि मा केही गर्ने अवसर प्रदान गर्न सरकारी निकायले गम्भीरता पुर्बक कदम चाल्नु आवश्यक छ।

धान रोपाई कृषकका लागि एक उत्साहपुर्ण दिन हुने गरेको छ। यस दिनलाई माना रोपेर मुरी फलाउने दिन पनि भनिन्छ। रोपाई गर्न को लागि एक महिना अगाडि बिउ लाई जमाएर राखिन्छ र पछि त्यसलाई खेतमा लगेर रोपिन्छ। नेपाल मा हाल धान को उत्पादकता ३.३१ टन प्रति हेक्टर रहेको छ अर्थात १ रोपनी मा १६५ किलो धान उत्पादन हुन्छ। तर हाम्रो क्षेत्रमा भने १ रोपनी मा २०० देखि २५० किलो सम्म धान उत्पादन हुदै आएको छ। जेठ १५ तिर जमाएको धान असार १५ मा रोपिन्छ जुन कार्तिक २५ तिर भित्राईन्छ। हाल हाम्रो खेतमा Radha 7 प्रजाती को धान लगाईएको छ। यो धान ले रोपेको १३० देखि १४० दिन भित्र मा आफ्नो उब्जनि दिन्छ। यो धान लाई सिंचाइ को लागि पानी कुलो बाट खेत सम्म पुर्याउने गरिन्छ।

कोभिड- १९ ले कृषि मा केही सकारात्मक प्रभाव पारे पनि अघिल्लो वर्षहरुको झै समस्यले भने पुर्णबिराम पाउन सकेका छैनन । किसान लाई रासायनिक मल जुटाउन लाई निकै कठिन भैरहेको छ। समयमा मल न पाउँदा आफ्नो उत्पादन लाई असर पर्ने भएका ले किसान चिन्तित छन् । आधुनिक उपकरणलाई प्रयोगमा लेराउन न सक्दा तेहि परम्परागत खेती ले नै निरन्तरता पाईरहेको छ। रासायनिक मल जुटाउन को लागि र आधुनिक उपकरण लाई स्थापित गर्न सकेको खण्ड मा धान अघिल्लो बर्ष को तुलाना मा धेरै फलाउन सकिन्छ। कृषि प्रधान देश नेपाल भन्दै खुशी हुने हामी नेपाली ले प्रत्येक बर्ष ३० अर्ब को चामल भित्राउछौ। आयात घटाउन को लागि हामी ले कृषि लाई प्रथामिकता साथ अघि बढाउन सक्नु पर्छ।

कृषकलाई हेप्ने ले त भोकै मर्नु पर्छ

त्यसैले त सबै मिली खेती गर्नु पर्छ।

कोरिना ले सिकाएको एक पाठ; संसार को सबैभन्दा सम्पन्न बर्ग भनेका किसान हुन् , सबै चिज रोकियो तर खेती किसानी रोकिएन ।